Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

जिबी राईलाई पक्रिने निति हो की भगाउने नियत हो ? : विश्वप्रकाश शर्मा

  •   २ वर्ष अघि | ९ असार २०८१, आइतवार

असार ९, काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा फरार जीबी राईलाई पक्राउ गर्ने भन्दा भगाउने नियत राखेको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् ।

आज आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै महामन्त्री शर्माले सहकारी ठगीमा मुछिएका गृहमन्त्री लामिछानेले जीवी राईलाई पक्राउ गर्नेभन्दा भगाउने चाँही नियत राखेको बताएका हुन् । 

यस विषयमा उनले भने ‘तत्कालीन गोरखा मिडिया नेटवर्कका मालिक मध्य एक जना गृहमन्त्री छन्, एक जना फरार छन् । सहकारी ठगीमै अनुसन्धानको दायरामा रहेका गृहमन्त्रीजीले सहकारी ठगीमा फरार भएको व्यवसायी साथीलाई गिरफ्तार गर्नु छ, लोकेसन पत्ता लागिसक्यो भनेर माइकबाटै फुक्नुको अर्थ के हुन्छ ?, अभिव्यक्ति पक्रिने नयाँ शैली हो ? केटाकेटीपन हो या भगाउने नियत हो ?’ 

  • न्युज बहार संवाददाता

थप