Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सरकारलाई पढ्नलाई गाह्रो छ भने हामी संसदमा बाँचन गरेर सुनाइदिन्छौँ, बालकुमारी घटनाको प्रतिवेदन कहाँ छ?: रास्वपा सांसद श्रेष्ठ

  •   ३ वर्ष अघि | १० फाल्गुन २०८०, बिहिबार

फागुन १०, काठमाडौँ । गत पुस १३ गते भएको बालकुमारी घटनामामा दुई युवा मारिएको घटनाको प्रतिवेदन कहाँ पुग्यो भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले आज बिहिबारको प्रतिनिधीसभा बैठकमा प्रश्न गरेको छ ।

आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपाका सांसद विराजभक्त श्रेष्ठले सरकारलाई प्रतिवेदन बुझाएको ३ दिन बितिसक्दा पनि कहाँ पुग्यो भन्दै प्रश्न गरेका हुन ।

सांसद श्रेष्ठले प्रश्न गर्दै भने– ‘सरकार संसदप्रति जिम्मेवार हुँदैन भने मुलुकले कस्तो नेतृत्व पाइरहेको छ?, सरकारलाई पढ्नलाई गाह्रो छ भने हामी संसदमा बाँचन गरेर सुनाइदिन्छौँ ।’

सो घटनामा दोषी रहेका मन्त्रीलाई कारवाही नगर्ने हो भने संसद अवरुद्ध गर्न पनि रास्वपा पछि नपर्ने उनले बताएका छन ।

  • न्युज बहार संवाददाता

थप