Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

म सधैँ खुला छु, म कहिल्यै लुकेर हिँडेको छैन: रवी लामिछाने

  •   ३ वर्ष अघि | २९ पुस २०८०, आइतवार

पुस २९, काठमाडौँ ।  सहकारीको पैसा अपचलन गरेको भन्दै आफूमाथि लगाइएको आरोपको खण्डन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गरेका छन् । सभापति लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको वार्षिक कार्यप्रगति प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै विगतदेखि विभिन्न खालका पीडितहरूको पक्षमा बोल्दै आएको व्यक्ति आज पीडक बन्न नसक्ने बताएका हुन । उनले कोही कसैले आफूविरुद्ध प्रतिशोध साँधे पनि त्यसको मतलब नगरी देश र समाजका साझा समस्या समाधानका लागि लागिपरेको उनले बताए ।

यस विषयमा बोल्दै उनले भने–‘पाँच सात वर्ष नेपाली नागरिकलाई सेवा गरेर त्यही विरासतमा टेकेर राजनीतिमा आएको हुँ, म कसरी पीडक हुन सकुँला र ? पीडितहरूको पक्षमा चर्को आवाज उठाएर आएको मैले कसैलाई कसरी पीडित बनाउन सकुँला र ? तर बारम्बार हेडलाइन बनेर आइसकेपछि कतिपय मान्छेलाई यो पनि त्यस्तै रहेछ भन्ने लाग्छ, तपाईंको नेता पनि देखिइहालियो नि पत्रिका पढ्नुभएन ? भनेको सुनेको छु, म सधैँ खुला छु, म कहिल्यै लुकेर हिँडेको छैन ।’ 

  • न्युज बहार संवाददाता

थप