Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

ज्ञानेन्द्र शाह कुशको मात्र राजा हुन : केपी शर्मा ओली

  •   २ वर्ष अघि | १४ माघ २०८०, आइतवार

माघ १४, काठमाडौँ । ज्ञानेन्द्र शाह कुशको मात्र राजा रहेको नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन्।

आइतबार काठमाडौंमा पत्रकारहरूसँगको कुराकानीमा अध्यक्ष ओलीले भने, ‘ज्ञानेन्द्र शाह भनेको राजा होइन। बाहुनले बाहुन भनेर एउटा टपरीमा चामलमाथि कुशको बाहुन राख्छ, त्यस्तै यी कुशका राजा हुन्, अब यस्ता कुरामा के बहस गरिरहने बेकार।’ 

उनले दरबार हत्याकाण्डबारे त्यसैबेला छानबिन गरिएको बताएका छन ।

यसबारे बोल्दै उनले त्यसबेला पनि छानबिन गरिएको हो। तर राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिति यस्तो रह्यो- त्यसबेलाका हाम्रा महासचिव माधवकुमार नेपाल उहाँ आफैँ छानबिन समितिमा बस्नुभएको थियोयो ड्रामामा सामेल नहोऊ भनेर हामीले फिर्ता गर्‍यौँ ।

ओलीले दरबार हत्याकाण्ड राजनीतिक दलहरूले नगरेको बताएका छन ।

  • न्युज बहार संवाददाता

थप