Breaking News
टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||     उपत्यकामा हैजा पुष्टि, सतर्क रहन आग्रह    ||    

अमेरिकी राजदूतसँग सन्दीप लामिछानेलाइ भिसा नदिएकोबारे प्रस्टीकरण सोध्नुपर्ने ज्ञानबहादुर शाहीको माग

  •   २ महिना अघि | २३ जेष्ठ २०८१, बुधबार

जेठ २३, काठमाडौँ । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएको विषयलाई आज पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संसदमा उठाएका छन् ।

सचेतक शाहीले आज बुधबारको बैठकको शून्य समयमा बोल्दै प्रमुख टी२० विश्वकपमा लामिछानेको ठुलो आवश्यकता महसुस भएको भन्दै अमेरिकी राजदूतसँग भिसा नदिएकोबारे प्रस्टीकरण सोध्नुपर्ने बताएका हुन ।

उनले प्रश्न गर्दै भने नेपालले हिजो १० वर्षपछि टी२० विश्वकप खेल्यो । नेपालको चन्द्रसूर्य झण्डा सञ्चार भर फरफरायो । तर, बिडम्बना हामीले हिजो खेल हार्‍यौँ, सम्माननीय सभामुखमार्फत सरकारलाई सोध्न चाहन्छु हिजोको खलेमा सन्दीप लामिछानेको ठुलो आवश्यकता महसुस भयो । उच्च अदालत पाटनले सफाइ दिएको, क्यानले स्वीकृत गरेको, आइसीसीले स्वीकृत गरेको एउटा खेलाडीलाई अमेरिका आयोजक देशले भिसा किन दिएन ? सरकारले त्यो देश अमेरिकाको राजदूतलाई प्रष्टीकरण  किन नलिएको ?’ 

उनले अगाडी भने सरकारले यसको जवाफ दिनुपर्छ, याहाँ सन्दीप लामिछाने एउटा व्यक्तिको कुरा होइन, नेपाली क्रिकेट टिमको खेलाडी हो, नेपालको प्रतिनिधित्व गरेर विश्वकप खेल्न जाने हो, कुनै क्लबको खेल खेल्ने जाने होइन , त्यो भएकले देशको जिम्मा हुन्छ

  • न्युज बहार संवाददाता

थप