असार २१,
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी नेतृ, मोडल तथा अभिनेत्री एलिजा गौतमले सक्रिय राजनीति
त्यागेको घोषणा गरेकी छन् ।
पाँच
महिनाअघि मात्र देश र जनताको सेवा गर्ने भन्दै राजनीतिमा जोडिएकी उनले बिहीबार आफ्नो
फेसबुकमा स्टाटस लेख्दै सक्रिय राजनीतिबाट विश्राम लिएको जानकारी गराएकी छिन।
उनले राजनितिबाट
विश्राम लिएको घोषणा सहित आगामी दिनमा समाजसेवामा लाग्ने बताएकी छन् ।
उनले आफ्नो फेसबुक स्टाटसमा धरानका मेयर हर्क साम्पाङलाई भेटेर वृक्षरोपण गरेको र १० वटा सावेल उपहारस्वरुप प्रदान गरेको पनि उल्लेख गरेकी छीन ।
साम्पाङलाई प्रेरणाको स्रोत मान्दै गौतमले दलको सक्रिय राजनीति गर्नेलाई एकपटक धरान पुगेर साम्पाङको काम हेर्न पनि सल्लाह दिएकी छन् ।
- न्युज बहार संवाददाता