फागुन
१५, काठमाडौँ । आफूहरूले परिपूर्ण डेमोक्रेसी चाहेको प्रधानमन्त्री केपी शर्मा
ओलीले बताएका छन् ।
आज बिहीबार
प्रधानमन्त्री ओलीले काठमाडौँमा भएको डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय
सम्मेलनलाई सम्बोधन गर्दै राजनीतिक परिवर्तन भए पनि त्यसले मात्र मानिस सुखी र
खुसी हुन नसक्ने भएकाले परिपूर्ण डेमोक्रेसीले मात्र मानव खुसी र सुखी बन्न सक्ने
बताएका हुन् ।
प्रधानमन्त्री ओलीले मानिसलाई खुसी हुन नदिने एक तत्त्व
अपराध रहेको भन्दै मानव जाति अझै पनि अभाव र भोकमरीमा तड्पिरहनुपरेको समेत बताएका छन ।
- न्युज बहार संवाददाता