चैत २१, काठमाडौँ
। गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न दिन राष्ट्रिय स्वतन्त्र
पार्टीका उपसभापति एवम् सांसद स्वर्णिम वाग्ले माग गरेका छन् ।
आज बुधबार
प्रतिनिधिसभाको बैठकमा बोल्दै वाग्लेले विगत केही दिनदेखि सदनमा कांग्रेसले
निरन्तर सहकारीको महाकाव्य लेख्ने अनुष्ठान चलिरहेको तर समाधानको कुरा नगरेको समेत
बताएका छन ।
रास्वपाले
अर्थमन्त्रीको राजीनामा माग गर्दा अर्थमन्त्रीको कुरा सुन्नुपर्छ भनेर धारणा
राखेको उनले बताएका छन । उनले भौतिक मन्त्री प्रकाश ज्वालाको पनि राजीनामा माग
गर्दा पहिला उनको कुरा पनि सुन्नुपर्छ भनेको उल्लेख गरेका छन ।
उनले भने– ‘माननीय गृहमन्त्रीजीले म
रोष्टममा उभिएर जवाफ दिन चाहन्छु भन्दा उहाँलाई निषेध गर्ने अनि उहाँलाई यति धेरै
आक्षेप लगाउने, यो असहिष्णुता
हदसम्मको हो, कहाँबाट यस्तो
अनुदारवाद आयो ? हामी यसो
गरेर कस्तो संस्कृति बसाल्न खोजिरहेका छौँ, यो चिन्ताको विषय बनेको छ ।’
- न्युज बहार संवाददाता