Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सुरुमा मिल्ने र पछि निल्ने कुनै पनि व्यक्ति, संस्था र राजनीतिक चरित्रसँग सावधान बालेन : गायक शिव परियार

  •   २ वर्ष अघि | १४ असार २०८१, शुक्रबार

असार १४, काठमाडौँ । सामाजिक र राजनीतिक विषयमा बेलामौकामा गायक शिव परियारले टिप्पणी गर्दै आएका छन । रास्वपाका महामन्त्री मुकुल ढकालको पछिल्लो प्रतिवेदनलाई लिएर उनले हालै टिप्पणी गरेका छन् ।

महामन्त्री ढकालले हालै ल्याएको ३२ पाने प्रतिवेदनका कारण पार्टी मात्रै होइन, राष्ट्रिय राजनीति नै तरंगित बनिरहेको छ । उनले तयार पारेको प्रतिवेदनमा पार्टीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह बालेनसहित धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालसँग सहकार्य गरेर अघि बढ्नुपर्ने लेखिएको थियो।

गायक परियारले प्रतिवेदनमा उल्लेख यही विषयलाई लिएर टिप्पणी गर्दै यस्तो कुरा बालेनको राजनीतिक करिअर सिध्याउने योजना अनुरुप आएको दाबी गरेका छन् ।

शिवले यस विषयमा यस्तो लेखेका छन्, ‘नाटकीय स्वरूपमा अचानक रास्वपाले आफ्नो नयाँ प्रतिवेदनमा बालेनसँग मिलेर नगए भविष्यमा पार्टीलाई भारी पर्ने र पार्टी सकिनेसम्मको समाचार बाहिर आएको देखियो, अहिले सरकारबाट बाहिर निस्कनुपर्ने धारणा पनि राखेको देखियो,  मेरो विचारमा यो २०८४ सालमा हुने चुनावी रणनीतिका लागि पूर्व देखाएर पश्चिमतिर पड्काउने नेपाली राजनीतिका अति नै पुराना खेलाडीको योजना र डिजाइन अनुरुप, पार्टीको एउटा खेमाले बालेनसँग मिल्न चाहेको सन्देश प्रवाह गर्नुले बालेन नयाँ शक्तिको रुपमा उदाउन सक्ने पूर्वानुमानसहित अन्तत: बालेनलाई सिध्याउने नीति अनुरुप लामो समयको खेल तालिकासहित नयाँ खेलको सुरुवात हुन लागेको महसुस हुन्छ, राजनीतिक खेल बाहिर देखिए जस्तो हुँदैन र सुरुमा मिल्ने र पछि निल्ने कुनै पनि व्यक्ति, संस्था र राजनीतिक चरित्रसँग सावधान बालेन ।’

  • न्युज बहार संवाददाता

थप