मंसिर २५, ललितपुर । अभियन्ता ईःले ललितपुर महानगरपालिकाको बिहान-साँझ फुटपाथ व्यापार गर्न
नदिने निर्णयलाई पुनर्विचार गर्न अनुरोध गरेका छन्।
आज सोमबार
अभियन्ता ईःले फेसबुकमा स्टाटस राख्दै उनले ललितपुरको सपना नमार्न आग्रह
गर्दै सो निर्णय पुनर्विचार गर्न अनुरोध गरेका हुन्।
उनले फेसबुकमा
लेखेका छन्, 'सहर भनेको कार भएका मानिसलाई मात्र नभई सबैका लागि हो भन्ने ललितपुरको प्रयासलाई सबैले प्रशंसा गरेको
छ, त्यसैले सहरको आत्मा मार्दै रात र बिहानका फुटपाथ क्षेत्र हटाउने निर्णयप्रति
पुनर्विचार गर्न आवश्यक छ।'
उनले मंगलबार
३ बजेदेखि ललितपुर महानगरपालिका अगाडि १०८ मिनेट उभिने समेत बताएका
छन्।
- न्युज बहार संवाददाता