Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

महानगरले ई: लगायत अभियन्तासँग छिटो संवाद गर्नुपर्ने गगन थापाको भनाई

  •   ३ वर्ष अघि | ७ असोज २०८०, आइतवार

असोज ७, काठमाडौँ । ई: लगायत अभियन्तासँग काठमाडौँ महानगरपालिकाले छिटो संवाद गर्नुपर्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताएका छन्।

६ दिनदेखि अभियन्ता ई: लगायत राष्ट्रिय सभागृह अगाडि धर्ना दिइरहेका छन्।

आइतबार थापाले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘राष्ट्रिय सभागृह बाहिर छैटौँ दिनसम्म उभिएर ध्यानाकर्षण गरिरहेका अभियन्ता ई: लगायतका साथीहरूका बारेमा काठमाडौँ महानगर प्रमुखसँग भेटेरै कुरा गर्न कोसिस गरिरहेको छु, लोकतन्त्रमा आन्दोलनरत सबैका आवाज सुन्नुपर्छ, शान्तिपूर्ण रूपमा उठाइएका विषयलाई त अझ महत्वका साथ सुन्नुपर्छ।’

ई:लगायतले उठाएको मूलत विषय भनेको फुटपाथ व्यवसायीको उचित व्यवस्थापन हुनुपर्छ भन्ने हो । सहरको अन्य आवागमनलाई असर नपर्ने गरी यस  मागका विषयमा व्यवस्थापन गर्न सकिने ठाउँहरू रहेको थापा बताउँछन्।

  • न्युज बहार संवाददाता

थप