भदौ ३, काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ ।
सुनको मूल्य आइतबार एक सय रूपैयाँले घटेको हो।
नेपाली बजारको लागि आइतबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख १० हजार तीन सय र तेजाबी सुनको मूल्य एक लाख नौ हजार ७५० रूपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसै गरी आज आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी प्रतितोला १३ सय ९० रूपैयाँ मा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता