जेठ १, काठमाडौँ । नेपाली बजारमा आज मंगलबार पनि सुन
मुल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।
आज सुनको
भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला सात सय रूपैयाँले घटेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख ३७ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख ३६ हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
त्यसैगरी
आज मंगलबार नेपाली बजारमा चाँदीको
मूल्य बढेको छ।
आज चाँदी प्रतितोला २५ रूपैयाँले बढेको हो ।
चाँदी आज
प्रतितोला १७ सय ४० रूपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता