चैत
२०, काठमाडौँ। आज सोमबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।
गत कारोबार दिन अर्थात् आइतबार प्रतितोला छ सय रुपैयाँ घटेको सुनको भाउ आज पनि प्रतितोला छ सय रुपैयाँले नै घटेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपाली सुन चाँदी बजारमा सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा किनबेच भएको थियो। चाँदी आइतबारको तुलनामा सोमबार प्रतितोला २० रुपैयाँ घटेको हो।
- न्युज बहार संवाददाता