Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

ककनीमा बनेको पानि मकाउ र हङकङमा निर्यात।

  •   ३ वर्ष अघि | २३ असार २०८०, शनिबार

असार २३, काठमाडौँ। ककनीमा बनेको पानी मकाउ र हङकङ निर्यात गर्न सुरु गरिएको छ। ‘बोतलबन्द पानी’को व्यापारमा डेढ दशकदेखि संलग्न चार व्यवसायी मिलेर मकाउ र हङकङमा नेपालबाट पानी निर्यात सुरु गरेका हुन्।

कम्पनीले हवाईमार्गबाट गुणस्तर परीक्षणका लागि पठाइएको पानीको नमूना स्वीकृति भएपछि गत जेठदेखि निर्यात सुरु गरेको वेभ नेपाल प्रालिका सञ्चालक विकास खत्रीले बताएका छन।

उनले हङकङको नियमअनुसार पानीको मापदण्ड पूरा गरिएको र हङकङको एसएल ट्रेडिङ कम्पनीमार्फत कम्पनीले पानी हङकङ निर्यात सुरु गरिएको जानकारी दिएका हुन। 

‘हाल हङकङमा पानीको औसतमा मूल्य प्रतिबोतल ९० देखि एक सय पर्न जाने उनी बताउँछन । तुलनात्मक रुपमा नेपालबाट निर्यात हुने पानी सस्तो पर्ने भएकाले हङकङमा नेपाली कम्पनीले प्रतिस्पर्धा गर्नसक्ने विश्वास उनले गरेका छन।

नेपालमा बिक्री गर्ने पानी भन्दा हङकङमा निर्यात गर्ने पानीको मूल्य बढी पर्न जान्छ ।

उनले भने ‘हङकङ निर्यातका लागि सोहीअनुसारको बोतल आवश्यक पर्छ, त्यसैले गर्दा पानीको मूल्य बढी पर्न जान्छ।’ वेभ नेपाल प्रालिमा अहिले प्रत्यक्ष ३३ र अप्रत्यक्ष करिब पाँच सय जनाले रोजगारी पाइरहेका छन।

  • न्युज बहार संवाददाता

थप