बैशाख २४, काठमाडौँ । काठमाडौं महानगरले महानगरपालिका भित्रका बत्तिको पोलमा भएका अव्यवस्थित तार सोमबारदेखि हटाउन नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीहरु राजी भएका छन् ।
महानगरले सोमबारदेखि महानगर क्षेत्रका अव्यवस्थित तार हटाउन प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीहरु तयार भएको जानकारी गराएको छ।
आज आइतबार महानगर र नेपाल दूरसञ्चार प्राधिकरण तथा इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिहरु बीच भएको छलफलमा सबै पक्ष सोमबारदेखि अव्यवस्थित तार हटाउन राजी भएको महानगरले जनाएको छ ।
- न्युज बहार संवाददाता