फागुन ८,
चितवन । दुई जना व्यक्तीलाई पूर्वी चितवनबाट ५३ किलो गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा एक जना नाबालक र भरतपुर महानगरपालिका–१६ बस्ने ३० वर्षीय अर्जुन
दर्जी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रवक्ता
प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले भने आज बिहान १ बजे राप्ती नगरपालिका–१ वा३च २५०४ नम्बरको गाडीमा लोथरमा
जाँचका क्रममा पिप्लेबाट लोथरतर्फ जाँदै गरेको र लुकाइछिपाइ लैजाँदै गरेको अवस्थामा
गाँजा बरामद गरिएको हो । पक्राउ परेका उनीहरुको थप अनुसन्धान जारी रहेको जिल्ला
प्रहीरी कार्यालय चितवनले जानकारी दिएको छ ।