फागुन
१४, काठमाडौँ । प्रहरीले काठमाडौको ठमेल क्षेत्रमा पर्यटकलाई ठगेको आरोपमा दुई
जनालाई पक्राउ गरेको छ। दुई
जनालाई पर्यटक प्रहरी ठमेलले पक्राउ गरेको जानकारी दिएको छ।
दुई
व्यक्तिले पर्यटकलाई ठगिरहेको भिडिओ सामाजिक सञ्जालमा देखेपछि पर्यटक प्रहरीले
अनुसन्धान अघि बढाएको थियो।
उक्त
अनुसन्धानबाट खुलेका दुई जना व्यक्तीलाई प्रहरीले पक्राउ गरी सोह्रखुट्टे प्रहरी
वृत्तमा बुझाएको छ। प्रहरीले उनीहरू दुई जनाको परिचय भने खुलाएको छैन।