भदौ
२०, काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य निरन्तर रूपमा बढ्दै गएको छ। बिहीबार
स्थिर रहेको सुनको दर शुक्रबार एकैदिन प्रतितोला २५ सय रूपैयाँले वृद्धि भई दुई
लाख १० हजार ४ सय रूपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक
गरेको तथ्यांक अनुसार, बिहीबार यो दर प्रतितोला
दुई लाख सात हजार ९ सय रूपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको माग उच्च
भएका कारण यसको असर स्थानीय बजारमा पनि परेको देखिन्छ।
साथै, चाँदीको मूल्य पनि सामान्य रूपमा बढेको
छ। बिहीबार प्रतितोला २४ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १०
रूपैयाँले बढेर २४ सय ९० रूपैयाँ पुगेको छ।
- न्युज बहार संवाददाता