कार्तिक
१७, काठमाडौँ । आज शुक्रबार साताको अन्तिम कारोबार दिन नेपाली बजारमा चाँदीको
मूल्य घटेको छ भने सुनको मूल्य बढेको छ।
सुनको भाउ आज प्रतितोला दुई सय
रुपैयाँ बृद्धी भयो।
आज छापावाल सुन प्रतितोला एक
लाख १५ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार तीन सय ५०
रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, आज शुक्रबार नेपाली बजारमा चाँदीको
मूल्य भने घटेको छ।
चाँदी
शुक्रबार प्रतितोला १५ रुपैयाँले घटेर १३ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता