बैशाख
१४, कठमाडौँ। आज बिहिबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ।
आज
अघिल्लो दिनको तुलनामा सुनको मुल्य प्रतितोला एक सय रुपैयाँ घटेको हो।
र आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, आज बिहीबार नेपाली बजारमा चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो पनि चाँदी सोही मुल्यमा कारिबार भएको हो।
- न्युज बहार संवाददाता