फागुन २, काठमाडौं । आज १४ फेब्रुअरी अर्थात प्रेम
दिवस र भ्यालेन्टाइनस डे र प्रेणय दिवस । विश्वभरमा आज प्रेमिल जोडीले एकआपसमा
प्रेम साटासाट गरेर यो दिवस मनाउँदैछन् । नेपालमा
पनि यो दिन विशेष रुपमा मनाइदै छ ।
एक हप्तासम्म
चल्ने भ्यालेन्टाइन्स विकको आज अन्तिम दिन भ्यालेन्टाइन्स डे हो यो दिन एक हप्ता अन्तरगत
सबैभन्दा महत्वपूर्ण दिन हो । आजको दिन उपहारसँग प्रेम साटासाट गरिन्छ।
युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने बहानाका रुपमा भ्यालेन्टाइन्स डेलाई विशेष गरी लिने गर्दछन्। यो एक हप्ता भरी सहरका रिसोर्टपार्क, रेस्टुरेन्ट र सडकहरूमा पनि प्रेमका संकेत गर्ने सामानले सजाइएको हुन्छ। झिलिमिली बत्ती, रातो गुलाफको फुल, ग्रिटीङ्स कार्ड, टेडि बियर, बलुन र अन्य सजावटका सरसामानले यस्ता सहरी पार्क, क्याफे,रेस्टुरेन्टहरुलाई सिंगारिएको र मानमोहक देख्न सकिन्छ ।
यस्तै आजैको दिन अर्थात प्रेम दिवसको अवसर पारेर नेपालको ताज महल भनेर चिनिने पाल्पाको रानी महलमा प्रेमको प्रतीक प्रेम दिवस (१४ फेब्रुअरी) को दिन मंगलबार २५ जना विवाहित जोडीहरूलाई सम्मानित गर्ने तानसेन नगरपालिकाले जानकारी दिएको छ । आज मंगलबार नाट्टाका प्रदेश अध्यक्ष रचना पन्तले बताए अनुसार तानसेन नगरपालिकासँग नेपाल एशोसिशन अफ टुर एण्ड ट्राभल्स (नाट्टा) र लुम्बिनी प्रदेशको पनि समन्वयमा यो कार्यक्रम आयोजना गरिएको हो । तानसेन नगरपालिकाका प्रवक्ता एवं वडा नं. १० का अध्यक्ष यादवसिंह कार्कीले विविध कार्यक्रममा २५ जोडी विवाहित पर्यटकलाई प्रेमको प्तिक मानिने पाल्पाको रानीमहलमा सम्मान गर्न लागिएको जानकारी दिएका छन ।
नेपाली युवायुवतीमाझ निकै लोकप्रिय बनेको फेब्रुअरी १४ नेपाली संस्कृति भने होइन तर नेपाली संस्कृति नभएपनि अहिलेका युवाहरुको फेभरेट डे को लिष्टमा प्रेम दिवस पर्ने गर्दछ।