साउन ३२, काठमाडौँ । आज बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । यसदिन सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले घटेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख १० हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, आज स्थानिय बजारमा बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी ५ रुपैयाँले घटेर प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता