असोज
२४, काठमाडौँ । आज बुधबार नेपाली बजारमा सुनको सामान्य घटेको छ भने चाँदीको मुल्य
स्थिर रहेको छ ।
बुधबार सुनको भाउ प्रतितोला एक
सय रुपैयाँ घटेको हो।
आज छापावाल सुन प्रतितोला एक
लाख आठ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख आठ हजार तीन सय
रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ।
आज चाँदीको मुल्य स्थिर रही प्रतितोला एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता