असार २४, काठमाडौँ। नेपाली बजारमा आइतबार साताको पहिलो कारोबार दिन सुन र चाँदी दुबैको मूल्य बढेको छ।
आज सुनको मूल्य प्रतितोला सात सय रुपैयाँ बढेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख १० हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ।
त्यसैगरी, आज आइतबार नेपाली बजारमा चाँदीको मूल्य
पनि बढेको छ।
शुक्रबार प्रतितोला २०
रुपैयाँले बढेर १३ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता