माघ ३, काठमाडौँ । आज बुधबार पनि नेपाली बजारमा सुन–चाँदीको भाउ घटेको छ।
यस दिन सुनको
भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख १८ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख १७ हजार छ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
त्यसैगरी, आज बुधबार
चाँदीको मूल्य पनि घटेको छ।
आज चाँदी
अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँले घटेर प्रतितोला एक हजार चार सय
रूपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता