माघ २२, काठमाडौँ । सोमबार नेपाली बजारमा सुन–चाँदी दुबैको मूल्य घटेको छ।
यसदिन सुनको
मूल्य प्रतितोला चार सय रूपैयाँले घटेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख १८ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख १७ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
त्यसैगरी आज सोमबार नेपाली बजारमा चाँदीको मूल्य पनि घटेको छ।
आज चाँदी प्रतितोला पाँच रूपैयाँले घटेर १३ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता