चैत २३, काठमाडौँ। हिजो बुधबार नयाँ रेकर्ड बनाएको सुनको मुल्य आज विहिवार भने घटेको छ। हिजो सुनको मुल्य एकै दिनमा २ हजार रुपैँयाले बढेको थियो भने आज आठ सय रुपैँयाले घटेको छ।
आज छापावाल सुन प्रतितोला एक लाख १० हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, आज बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता