असार
६, काठमाडौँ। आज बुधबार स्थानिय बजारमा सुन–चाँदीको मुल्य घटेको छ।
आज सुनको
मूल्य प्रतितोला आठ सय रुपैयाँ घटेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ४५ रुपैयाँले घटेर १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता