भदौ २२, काठमाडौँ । शुक्रबार साताको अन्तिम दिन नेपाली बजारमा चाँदीको मूल्य घटेको छ भने सुनको मूल्य बढेको छ ।
सुनको भाउ यसदिन प्रतितोला तीन सय रुपैयाँ बृद्धी भएको छ ।
आज
छापावाल सुन प्रतितोला एक लाख १२ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख ११ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ।
त्यसैगरी, आज शुक्रबार नेपाली बजारमा चाँदीको मूल्य भने घटेको छ।
शुक्रबार प्रतितोला ५ रुपैयाँले घटेर १४ सय ५ रुपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता