फागुन
२८, काठमाडौँ । सोमबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य स्थिर रहन गएको छ।
आइतबार प्रतितोला एक
हजार रूपैयाँ बढेपनि सबैभन्दा उच्च मुल्यको रेकर्ड राखेको सुनको मुल्य यसदिन स्थिर
रहेको हो।
आज छापावाल सुन
प्रतितोला एक लाख २६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २५ हजार चार सय
रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सोमबार नेपाली बजारमा चाँदीको मूल्य पनि स्थिर रहेको छ।
सोमबार
स्थिर रहेको चाँदी प्रतितोला १४ सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता