चैत २४, काठमाडौँ। आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। आज सुन प्रतितोला २०० रुपैँयाले घटेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
नेपालि बजारमा आज शुक्रबार चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेर १४ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंगले जनाएको छ।
- न्युज बहार संवाददाता