
माघ
२२, काठमाडौँ । रास्वपा-
राष्ट्रिय स्वतन्त्र पार्टीका तीन जना मन्त्रीहरुले एकै साथ राजीनामा बुझाएका छन्।
आइतबार साँझ प्रधानमन्त्री
निवास बालुवाटारमा रास्वपाका तीन जना मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री
डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल
र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल
प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन्।
राष्ट्रिय
स्वतन्त्र पार्टीले आइतबार केन्द्रीय समिति र सांसदहरुको बैठकले बसी सरकारबाट बाहिरिने निर्णय
गरेको थियो। रास्वपाले सरकारबाट बाहिरिए पनि सरकारलाई दिँदै आएको समर्थन भने कायमै
रहने बताएको छ ।