मंसिर
१०, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागी विनिमय दर सार्वजनिक गरेको
छ। आज सार्वजनिक विनिमय दर अनुसार अमेरिकी डलरको विनिमय दर हालसम्मकै उच्च भएको छ।
आज एक अमेरिकी डलरको खरिददर १३३
रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा तोकिएको छ।
यो अमेरिकी डलरको मूल्य हाल
सम्मकै उच्च हो।
नेपाल
राष्ट्र बैंकका अनुसार आज अष्ट्रेलियन डलर एकको खरिदमा भने ८७ रुपैयाँ ४२ पैसा र
बिक्रीमा ८७ रुपैयाँ ८१ पैसा तोकिएको छ। त्यस्तै आज युरोपियन युरो एकको खरिदमा १४५
रुपैयाँ २५ पैसा र बिक्रीमा १४५ रुपैयाँ ९१ पैसा पाइने छ।
यस दिन क्यानेडियन डलर एकको खरिदमा ९७
रुपैयाँ २३ पैसा र बिक्रीमा ९७ रुपैयाँ ६७ पैसा पाइन्छ।
आज
कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ५१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ६८ पैसा पाइनेछ।
यसदिन बेलायती
पाउण्ड स्टर्लिङ एकको खरिददर १६७ रुपैयाँ १५ पैसा र बिक्रीदर १६७ रुपैयाँ ९० पैसा
तोकिएको छ।
यस्तै, राष्ट्र बैंकले युएई दिराम एकको खरिददर
३६ रुपैयाँ २४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४० पैसा तोकेको छ भने साउदी अरेबियन
रियाल एकको खरिददर आज ३५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६५ पैसा तोकेको छ।
यसदिन बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ६७ पैसा तोकिएको छ।
आइतबार कुवेती दिनार एकको खरिदमा ४३१ रुपैयाँ ६९ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ६४ पैसा पाइनेछ । त्यस्तै मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रुपैयाँ ४१ पैसा र बिक्रीमा २८ रुपैयाँ ५४ पैसा पाइन्छ।
- न्युज बहार संवाददाता