Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

यस वर्ष तिहारमा चिनी अभाव नहुने, मुल्य पनि नबढ्ने

  •   १२ महिना अघि | २८ असोज २०८२, मङ्लबार

असोज २८, काठमाडौँ । दशैँपछिको अर्को महान चाड तिहारले अहिले नेपालीको घरआँगनमा रौनक ल्याएको छ। नेपालीहरुको दोस्रो महान चाड तिहार रंगीचंगी फूल, बत्ती र मिठाईको पर्व हो।

तिहारमा समयमा चिनीको माग उच्च हुने भएकाले बजारमा ठूला उद्योग र पसलहरूले विभिन्न प्रकारका मिठाई उत्पादन गर्छन् भने घरघरमै रोटी लगायतका परिकार बनाइन्छन्। विगतमा सरकारी संयन्त्रबाट पर्याप्त चिनी आयात नहुँदा व्यापारीहरूले कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई महँगोमा चिनी बेच्ने गरेका उदाहरण छन्।

तर, यस वर्ष भने सम्बन्धित निकायहरूले चिनी सहजै उपलब्ध हुने र मूल्य नबढ्ने विश्वास दिलाएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तिहार र छठ पर्वमा चिनीको अभाव नहुने स्पष्ट पारेको छ। मन्त्रालयका सहसचिव शिवराम पोखरेलले अहिले बजारमा चिनीको पर्याप्त मौज्दात रहेको र आपूर्तिको व्यवस्था पनि व्यवस्थित गरिएको जानकारी दिएका छन्।

  • न्युज बहार संवाददाता

थप