Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

पशुपति क्षेत्रमा महाशिवरात्री देखि लागिरहेको मेलाबारे छनबिन हुने।

७ दिनसम्म मेला चल्न ठेक्का दिएपनि १८ दिनसम्म पनि मेला चलेको पाइएको छ।

  •   ४ वर्ष अघि | २० फाल्गुन २०७९, शनिबार

फागुन २०, काठमाडौँ । महाशिवरात्रीको अवसरमा पशुपति क्षेत्रमा ७ दिनसम्म मेला चल्न ठेक्का दिएपनि १८ दिनसम्म पनि मेला चलेको पाइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले धार्मिक आस्था बोकेको पशुपतिमा ठेकेदार र पशुपति विकास कोषका कर्मचारीको निहीत स्वार्थमा व्यापारको अखडा बनाएको भन्दै शुक्रबार छानविन समिति बनाएको छ । 

मन्त्री सुदन किरातीको निर्देशनमा कोषले महाशिवरात्रिको अवसरमा आयोजना गरेको मेला तोकिएको समय अवधिभन्दा बढी लगाइएको गुनासो आएको भन्दै मन्त्रालयले छानबिन समिति गठन गरेको हो ।  मन्त्रालयका सहसचिव राजेन्द्र कुमार केसी सहितको संयकत्वमा गठीत छानविन समितिले ७ दिनभित्र सत्यतथ्य पत्ता लगाई प्रतिबेदन बुझाउनु पर्ने भनिएको छ। तीन सदस्यीय समतिका सदस्यमा केसीसँगै मन्त्रालयका उपसचिव अर्जुन राई र शाखा अधिकृत जयन्ती श्रेष्ठ पनि समावेश छन् । 

मेलाको ठेक्का अवधि जम्मा कति दिनको हो ? कस्लाई र कसले  ठेक्का दिईएको हो ? किन समयावधिभन्दा धेरै दिन मेला चलिरहेको छ वा चल्न दिइएको हो? कोषका कर्मचारीको यस पक्षमा मिलेमतो छ वा छैन भन्नेबारे विस्तृत छानविन गरेर प्रतिवेदन बुझाउने मन्त्रालयका सचिव सुरेश अधिकारीले समितिलाई कार्यादेश दिइएको छन । 
 

 

  • न्युज बहार संवाददाता

थप