भदौ १९, काठमाडौँ । स्थानीय बजारमा पछिल्ला दिनहरूमा निरन्तर वृद्धि हुँदै आएको सुनको मूल्य बिहीबार स्थिर देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको
जानकारीअनुसार, बुधबार प्रतितोला २
लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार पनि उही दरमा कारोबार भइरहेको
छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्दै
गएकाले यसको असर स्थानीय बजारमा मूल्य वृद्धिका रूपमा देखिएको हो।
त्यस्तै, चाँदीको मूल्य पनि बिहीबार स्थिर रहेको
छ। बुधबारको मूल्य प्रतितोला २ हजार ४८० रुपैयाँ कायम रहँदै बिहीबार पनि चाँदी
सोही मूल्यमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता