साउन १७, काठमाडौँ। आज बुधबार नेपाली बजारमा सुन र चाँदीको मुल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँले घटेको हो।
आज बजारमा सुन प्रतितोला एक लाख १२ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज बुधबार नेपाली बजारमा चाँदीको मूल्य पनि प्रतितोला १५ रूपैयाँले घटेर एक हजार चार सय ६० रूपैयाँमा कारोबार भएको छ।
- न्युज बहार संवाददाता