जेठ २, काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य भारतबाट घटेर आएको छ । आईओसी - ईण्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेर प्राप्त भएको नेपाल आयल निगमले जनाकारी गराएको छ।
नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले मंगलबार प्राप्त नयाँ मूल्यसूचीमा डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ भन्दा केही बढी र पेट्रोलको मूल्य करिब साढे ९ रुपैयाँले घटेर आएको जानकारी दिएका छन ।
- न्युज बहार संवाददाता