चैत २०, काठमाडौं । जिउँदो बोइलर कुखुराको कोल्ड स्टोर मूल्य नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले मंगलबारदेखि लागु हुनेगरी किलोमा १० रुपैयाँले घटाएको हो ।
संघका सचिव देव गिरीकाअनुसार अब मंगलबारदेखि जिउँदो बोइलर कुखुराको मूल्य २८० रुपैयाँ प्रतिकिलो कायम भएको छ ।
संघका सचिव गिरीले भने ‘२१ चैत, २०७९ मंगलबारदेखि जिउँदो ब्रोइलर कुखुराको कोल्डस्टोर खरिद मूल्य १० रुपैयाँले घटेर २८० रुपैयाँ कायम भएको छ’ ।यस संगै अब मंगलबारदेखि तयारी मासुको मूल्य पनि घटेको जिउँदो कुखुराको मूल्यअनुसार समायोजन हुने उनले बताएका छन।
सचिव गिरीले हाल ४२० रुपैयाँ औसत रहेको तयारी मासुको मूल्य अब ३८० रुपैयाँ हाराहारी रहने बताएका छन ।
- न्युज बहार संवाददाता