Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

केही दिनदेखी घट्दै गोलभेँडाको मूल्य

  •   २ वर्ष अघि | ६ साउन २०८१, आइतवार

साउन ६, काठमाडौँ । केही दिनदेखी बजारमा गोलभेँडाको मूल्य सस्तो भएको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकका अनुसार समितिको तथ्यांक अनुसार आइतबार कालीमाटी बजारमा लोकल गोलभेँडाको होलसेल भाउ प्रतिकिलो १२ रूपैयाँदेखि १८ रूपैयाँ रहेको छ । ठूलो गोलभेँडाको ९० देखि एक सय रूपैयाँमा र सानो टनेल गोलभेँडा १७ देखि ३० रूपैयाँ रहेको छ । कालीमाटी बजारका होलसेल व्यापारी ज्ञानेन्द्र श्रेष्ठका अनुसार शनिबारदेखि बजारमा गोलभेँडाको मूल्यमा अत्यन्तै गिरावट आएको छ ।

उनले भने ‘अहिले बजारमा धेरै गोलभेँडा छ, त्यो भएर सस्तिएको हो।' 

हाल बजारमा प्रतिक्रेट गोलभेँडाको मूल्य तीन सयदेखि पाँच सय रूपैयाँ रहेको छ।

उपभोक्ताले कालीमाटी बजारमा प्रतिकिलो ३० देखि ३५ रूपैयाँमा गोलभेँडा पाइरहेको छन । 

बजारमा गोलभेँडा ठूलो, सानो लोकल र टनेल गरी तीन प्रकारका आउने गरेका छन । 

  • न्युज बहार संवाददाता

थप