कार्तिक ३, काठमाडौँ । आज शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
सुनको मूल्य आज हालसम्मकै उच्च
बिन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको हो । सुनको मुल्य आज एकै दिन एक हजार आठ सय
रूपैयाँले बढेको हो।
आज छापावाल सुन प्रतितोला एक
लाख १५ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १४ हजार नौ सय ५०
रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर एक हजार चार सय रूपैयाँ पुगेको छ
।
- न्युज बहार संवाददाता