Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

सुनको मुल्यले आज पनि बनायो रेकर्ड, चाँदीको पनि बृद्धि।

  •   ३ वर्ष अघि | १८ जेष्ठ २०८०, बिहिबार

जेठ १८, काठमाडौँ। आज बिहीबार पनि नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ। 

सुनको मुल्य आज प्रतितोला पाँच सय रुपैयाँ बढेर फेरि नयाँ रेकर्ड राखेको छ। 

आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी, आज बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँ बढेर प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।

सुन–चाँदी व्यवसायीहरू सरकारले भन्सार दर बढाएका कारण सुनको मूल्य बढेको बताएका छन्।

सोही कारण मंगलबारदेखि आज बिहीबारसम्म सुन प्रतितोला चार हजार चार सय रूपैयाँ बढेको छ।

  • न्युज बहार संवाददाता

थप