असोज २८, काठमाडौँ । आइतबार साताको
पहिलो दिन नेपाली बजारमा सुन–चाँदी दुबैको मूल्य बढेको छ।
आइतबार सुनको मूल्य प्रतितोला
दुई हजार नौ सय रुपैयाँले बढेको हो।
आज छापावाल सुन प्रतितोला एक
लाख १३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार चार सय ५० रुपैयाँमा
कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुनसँगै चाँदीको मूल्य पनि बढेको छ।
आइतबार प्रतितोला ४५ रुपैयाँले
बढेर १३ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता