Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

फेरी बढ्यो सुनको मुल्य, कतिमा हुदै छ कारोबार?

  •   ४ वर्ष अघि | ७ चैत्र २०७९, मङ्लबार

चैत ७, काठमाडौँ। सुनको मूल्यले नेपाली बजारमा नयाँ नयाँ रेकर्ड राख्ने क्रम जारी रहेको छ। यहीआइतबार सुनको मूल्य हाल सम्मकै उच्च बिन्दुमा पुगेर नयाँ कीर्तिमान कायम गर्न सफल भएको थियो भने त्यसको भोलिपल्ट अर्थात सोमबार फेरी सुनको मुल्य घटेको थियो।

हिजो सोमबार प्रतितोला सात सय रुपैयाँ घटेको सुनको मूल्य आज मंगलबार फेरि प्रतितोला पाँच सय रुपैयाँले बढेको छ।

आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। 

आजको यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला दुई सय रुपैयाँ मात्र कम हो।

त्यसैगरी, आज मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासघंले जनाएको छ।  सोमबारको तुलनामा आज मंगलबार चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो।

  • न्युज बहार संवाददाता

थप