पुस १, काठमाडौँ । स्थानीय बजारमा आइतबार सुनको मूल्य घटेको छ।
गत शुक्रबारको तुलनामा सुन तोलामा एक हजार तीन सय रूपैयाँले घटेको
हो।
आज स्थानीय बजारमा सुनको कारोबार प्रतितोला एक लाख १७ हजार आठ सय रूपैयाँमा भइरहेको नेपाल
सुनचाँदी व्यवसायी महासंघको तथ्यांकले जनाएको छ ।
त्यसैगरी आज आइतबार
चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी
प्रतितोला १५ रुपैयाँले घटेर एक हजार चार सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता