बैशाख
१०, काठमाडौँ । सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्यमा गिरावट आएको छ ।
नेपाली
बजारमा आइतबार सुनको मुल्य स्थिर रहेको थियो भने यसदिन प्रतितोला एक हजार एक सय
रूपैयाँले घटेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख ३८ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख ३७ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
त्यसैगरी, सोमबार नेपाली बजारमा चाँदीको
मूल्य पनि घटेको छ।
सोमबार
चाँदी प्रतितोला ३५ रूपैयाँले घटेको हो।
आज चाँदी
प्रतितोला १७ सय ५ रूपैयाँले किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता