फागुन ८, काठमाडौँ । नेपाली बजारमा मंगलबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ।
सुनको
भाउ आज स्थिर रहेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७
हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको
छ ।
त्यसैगरी, नेपाली बजारमा मंगलबार चाँदीको मूल्य पनि स्थिर रहेको
छ।
स्थिर रहेको चाँदी आज प्रतितोला १४ सय १० रूपैयाँमा किनबेच भइरहेको
छ।
- न्युज बहार संवाददाता