फागुन
३०, काठमाडौँ । सुनको मूल्य मंगलबार एकैदिन तोलामा १६ सय रुपैयाँले बढेको छ। छापावाला
सुनको मूल्य अघिल्लो दिन प्रतितोला १ लाख ४ हजार एकसय रुपैयाँमा कारोबार भएको थियो
भने आज एकैदिन थप १६ सय रुपैयाँले बढेर १ लाख ५ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा १६ सय रुपैयाँले नै बढेर १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुन जस्तै यता चाँदीको मूल्य पनि आज तोलामा ४५ रुपैयाँले बृद्धि भएको छ। चाँदी आज मंगलबार एक हजार ३ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन सोमबार चाँदी प्रतितोला एक हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।
- न्युज बहार संवाददाता