फागुन ९, काठमाडौँ । बुधबार नेपाली बजारमा सुन–चाँदीको भाउ बृद्धी भएको छ।
यस दिन सुनको
भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय रूपैयाँले बढेको हो।
आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, आज बुधबार चाँदीको मूल्य पनि बृद्धी भएको छ।
आज चाँदी प्रतितोला ५ रूपैयाँले बढेर एक हजार चार सय १५ रूपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता